Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अनुशासन तोडेर हिँडेकालाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आममाफी दिइने : गुरुङ

अनुशासन तोडेर हिँडेकालाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आममाफी दिइने : गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७८ आइतवार • १३:०८:२९ बजे
  • 856
    SHARES
  • अनुशासन तोडेर हिँडेकालाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आममाफी दिइने : गुरुङ

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबैलाई एकै ठाउँमा ल्याएर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन् ।

    images

    पार्टी निकट युवा सङ्घ नेपाल गण्डकी प्रदेशको आज पोखरामा कार्यालय उद्घाटन गर्दै उनले पार्टी अनुशासन तोडेर हिँडेकालाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आममाफी दिइने बताए । उनले भने, “सकेसम्म माधव नेपालसहितको एकताबद्ध पार्टी बनाउँछौँ । त्यसो हुन नसके प्रभाव भएका नेताहरूलाई ल्याएर एमालेलाई नयाँ शिराबाट अघि बढाउँछौँ ।”

    एमाले कमजोर हुँदा राष्ट्रिय स्वाधिनता कमजोर हुने र विकास निर्माणलगायतका काममा असर पर्ने भएकाले समेत जनताको चाहनासमेत एकतावद्ध एमाले भएको नेता गुरुङको भनाइ छ । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय चुनावमा एमालेले एकल बहुमत प्राप्त गर्ने गरी सङ्गठन निर्माण, विकास निर्माण र रुपान्तरणको काममा केन्द्रित हुन युवालाई उनले आग्रह गरे ।

    युवासङ्घका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले केपी शर्मा ओली सरकार र प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकारले गरेका राम्रा कामको जनतामा प्रचार–प्रसार गर्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology