Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दक्षिण कोरियामा नयाँ भेरियन्ट डेल्टा देखिएसँगै चौथो लहरमा प्रवेश

दक्षिण कोरियामा नयाँ भेरियन्ट डेल्टा देखिएसँगै चौथो लहरमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७८ आइतवार • १३:१४:३८ बजे
  • 1.3K
    SHARES
  • दक्षिण कोरियामा नयाँ भेरियन्ट डेल्टा देखिएसँगै चौथो लहरमा प्रवेश

    पोखरा । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि अस्पतालमा आईसीयू शय्यासमेत अभाव हुन थालेको छ ।

    images

    कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक २ हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिक समेत छन् ।

    स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट) को समेत लक्षण देखिएको छ । यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म १ हजार बढी बढी छन् । यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्दछ ।

    पछिल्लो समय थपिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च हो । यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै २ जना बढी भेला हुन समेत बन्देज गरेको छ ।

    सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक २ हजारको हाराहारीमा देखिन थालेको छ । कोरियामा हालसम्म कूल संक्रमितको संख्या १ लाख ८४ हजार १०३ पुगेको छ ।

    मृत्यु हुनेको संख्या २ हजार ६३ छ । रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology