Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७८ सोमवार • ०९:५०:५७ बजे
  • 418
    SHARES
  • नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

    पोखरा ।काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

    images

    पार्टी एकताका विषयमा बैठक केन्द्रित हुने छ । हिजो बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । “एकता गरेर जानुपर्छ भनेर धेरै साथीहरूले राय राख्नुभयो । छलफल टुंगिएको छैन । सोमबार पनि बस्छ,” । नेता रघुजी पन्तले भने ।

    बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो । कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए ।

    एमाले एकताका लागि दबाब दिन भन्दै आइतबार सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology