Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आयोगले जसपा विवादमा आज कार्यकारिणी समिति सदस्यको 'हेडकाउन्ट' गर्ने

आयोगले जसपा विवादमा आज कार्यकारिणी समिति सदस्यको 'हेडकाउन्ट' गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७८ सोमवार • १०:०२:२३ बजे
  • 271
    SHARES
  • आयोगले जसपा विवादमा आज कार्यकारिणी समिति सदस्यको 'हेडकाउन्ट' गर्ने

    पोखरा । जनता समाजवादी पार्टी नेपाल जसपाभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई आयोगमा बोलाएको छ।

    images

    अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आयोगले बोलाएको हो।

    जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ।

    दुबै पक्षले दाबी गरेपछि जसपा आधिकारिकतामा विवाद छ।

    पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले साउन ११ का लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको छ। 

    अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन। 

    सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो। आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ। 

    आयोगमा जानुअगाडि अध्यक्षद्वय ठाकुर र यादव पक्षका नेताहरू बेग्लाबेग्लै छलफलमा रहेको स्रोतले जानकारी दियो। आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ। यसअघि आयोगले दुबै पक्षलाई छलफलमा पनि बोलाएको थियो।

    आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने 'हेडकाउन्ट' आयोगले गर्नेछ। सेतोपाटीबाट साभार 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology