Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७८ सोमवार • १२:१८:०८ बजे
  • 832
    SHARES
  • प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बोलाइएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आजको नियमित बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको छलफलसहित निर्णय हुने छ ।

    images

    मन्त्रिपरिषदको नियमति बैठक प्रत्येक हप्ताको सोमबार र बिहीबार बस्दै आएको छ । मन्त्रिपरिषद्ले पूर्णता पाइ नसकेको अवस्थामा त्यसबारेमा पनि निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ ।

    आइतबार प्रधानमन्त्री देउवाले स्वाथ्यराज्यमन्त्री थप गरेपछि पहिलो पटक बस्न लागेको आजको बैठकमा स्वास्थ्य क्षेत्रकोबारेमा पनि थप केही निर्णय हुन सक्ने बुझिएको छ । आइतबार कांग्रेस सांसद उमेश श्रेष्ठलाई देउवाले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology