Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जेलबाटै रेशम चौधरीको सनाखत

जेलबाटै रेशम चौधरीको सनाखत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७८ सोमवार • १४:००:२९ बजे
  • 439
    SHARES
  • जेलबाटै रेशम चौधरीको सनाखत

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरीको सनाखत जेलबाटै गराउने भएको छ । आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराएको बेला चौधरी जेलमा रहेकाले उनको सनाखत जेलमै गर्न लागिएको आयोगले जनाएको छ । डिल्लीबजार कारागारका जेलर बसन्त पुरीले निर्वाचन आयोगबाट जेलमा सनाखत गराउने विषयमा पत्र आएको जानकारी दिए । आयोगले आफ्नो कर्मचारीलाई जेलमा पठाएर चौधरी कतापट्टी रहेका छन् भनेर उनको हस्ताक्षर लिनेछन् ।

    images

    आयोगले जसपाको आधिकारिकता विवाद समाधान गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो । यता, आइतबार सर्वोच्च अदालतले जसपाका अर्का अध्यक्ष ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै अर्का अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको देखिन्छ ।

    जसपा अध्यक्ष ठाकुरले भने कार्यकारिणी समितिकै विवाद निरूपण नगरी आयोगले बहुमत र अल्पमत परीक्षणमा जाने निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालतमा रिट दायर गरेका थिए । तर, न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार अन्तरिम आदेश दिन आगामी साउन १५ गते बोलाएको छ। फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्ष बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाकुर पक्ष अहिले आएर कमजोर भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । जसपाको सत्तारोहणले प्रधानमन्त्री देउवालाई सरकार सञ्चालनमा राहत हुनेछ । यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । त्यसैले जसपाको आधिकारिकतासम्बन्धी विवादलाई सत्ता गठबन्धनका दलहरूले समेत चासोका साथ हेरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology