नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक अहिले जारी छ । नयाँ बानेश्वरस्थित एक होटलमा जारी बैठकमा सहकारमा सहभागिताबारे छलफल भइरहेको छ ।
सत्तारुढ गठबन्धनमा रहेका माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहल गर्दै आएका छन् । कानुनी र राजनीतिक जटिलताका कारण माधव नेपाल समूह सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा कुनै निर्णय दिइसकेको छैन ।
एमालेका नेताहरुबीचमा पनि पार्टी एकताका लागि पहल जारी भइरहेकाले सरकारमा सहभागिताबारे कुनै निर्णय हुन नसकेको हो । सो समूहको पखाईमा प्रधानमन्त्री देउवाले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।