Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

जसपा विवादको च्याप्टर क्लोज, उपेन्द्र यादव पक्षलाई आधिकारिकता

जसपा विवादको च्याप्टर क्लोज, उपेन्द्र यादव पक्षलाई आधिकारिकता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७८ सोमवार • १७:५८:२३ बजे
  • 748
    SHARES
  • जसपा विवादको च्याप्टर क्लोज, उपेन्द्र यादव पक्षलाई आधिकारिकता

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो । .

    images

    जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो । सनाखतको क्रममा ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका थिए भने पार्टीका अर्का अध्यक्ष ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरे ।

    हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका थिए। निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

    अध्यक्ष यादवले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको र आधिकारिकता आफू पक्षले पाएपछि सरकारमा सहभागी हुने बताएका हुन् । पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # जसपा विवाद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology