Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने एमाले नेपाल पक्षको निर्णय

आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने एमाले नेपाल पक्षको निर्णय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७८ सोमवार • २२:३८:०७ बजे
  • 547
    SHARES
  • आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने एमाले नेपाल पक्षको निर्णय

    पोखरा । सोमबार बसेको नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।

    images

    अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए ।

    एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था छैन । 

    वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन भनेका छन् । दोस्रो तहका नेताहरुले त्यस्तो प्रस्तावको ड्राफ्ट समेत तयार पारिसकेको र अबको केही दिनमै दुई अध्यक्षतात्मक प्रणाली रहने गरी सहमति जुट्ने नेताहरुको दावी छ।  

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology