Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७८ मंगलवार • ०९:५०:३७ बजे
  • 526
    SHARES
  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।

    images

    बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै ५ महिना लगाएर प्रतिवेदन तयार पारेको छ ।

    त्यस्तै पार्टीको १४औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले यसअघि आजदेखि तय गरेको वडा अधिवेशन हाललाई स्थगित भएको छ । कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology