Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको आसाममा झडपमा ६ प्रहरी जवानको मृत्यु

भारतको आसाममा झडपमा ६ प्रहरी जवानको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७८ मंगलवार • ११:१३:३२ बजे
  • 1.7K
    SHARES
  • भारतको आसाममा झडपमा ६ प्रहरी जवानको मृत्यु

    एजेन्सी । भारतको आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले यसको जानकारी दिएका हुन् । मारिनेमा सीमा सुरक्षामा खटिएका जवान हुन् ।

    images

    आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो । यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको छ ।

    केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् । आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ ।

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology