Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजनिती

प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने गर्दै ! देउवा र प्रचण्डबीच भेटघाट

प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने गर्दै ! देउवा र प्रचण्डबीच भेटघाट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • ११:२६:१५ बजे
  • 868
    SHARES
  • प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने गर्दै ! देउवा र प्रचण्डबीच भेटघाट

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

    images

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलवार (आज) विहान प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आजको भेटघाटका क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको स्रोतले जनाएको छ ।

    सत्ता सहकार्य गरिरहेको माओवादी केन्द्रबाट हाल देउवा नेतृत्वको मन्त्रीमण्डलमा २ जना सहभागी रहेका छन् । माओवादी केन्द्रसहित अन्य ४ गठबन्धनको सहभागी रहेको सरकारमा अन्य क–कसलाई सहभागी गराउने भन्ने विषयमा छलफल भइरहेको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने गर्दै छन् । देउवाले केही मन्त्री थप गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।

    असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाको मन्त्रिपरिषद हालसम्म ६ सदस्यीय मात्रै छ । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology