Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आधिकारिकता पाएसँगै उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

आधिकारिकता पाएसँगै उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • ११:४७:२० बजे
  • 355
    SHARES
  • आधिकारिकता पाएसँगै उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक

    पोखरा । मंगलबार जनता समाजवादी पाटी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

    images

    निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य रामनरेश राय यादवले बताए ।

    संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेको छ । सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रकृया सुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ ।

    संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने लगभग निश्चित छ । निर्वाचन आयोगमा हिजो भएको हेड काउन्टमा उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

    सोलगत्तै आयोगले उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारिकता दिँदै महन्थ ठाकुर पक्षलाई प्रक्रिया पुर्याएर नयाँ पार्टी दर्ता गर्न आउन भनेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology