Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सबै प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने तयारी ,गठबन्धनका शीर्ष नेताहरूबीच सहमति !

सबै प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने तयारी ,गठबन्धनका शीर्ष नेताहरूबीच सहमति !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७८ मंगलवार • १४:५२:२५ बजे
  • 3.2K
    SHARES
  • सबै प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रमुख नियुक्त गर्ने तयारी ,गठबन्धनका शीर्ष नेताहरूबीच सहमति !

    पोखरा । सरकारले सबै प्रदेशका प्रमुखलाई हटाउने तयारी गरेको छ ।

    images

    अघिल्लो सरकारले नियुक्त गरेका सातैवटा प्रदेशका प्रमुख हटाएर नयाँ प्रमुख नियुक्त गर्ने तयारी भइरहेको सत्तारुढ गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । यसबारेमा गठबन्धनका शीर्ष नेताहरूबीच सहमति पनि भइसकेको छ । हटाउनेबारेमा सहमति भएपनि नयाँ प्रमुख कसलाई नियुक्त गर्ने भन्नेमा भने सहमति भइसकेको छैन ।

    नेताहरूका अनुसार सात प्रदेशमध्ये कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल पक्षका दुई दुईजना र जसपाका एकजना प्रदेश प्रमुख नियुक्त गर्ने मोटामोटी समझदारी बनेको गठबन्धनका एक नेताले जानकारी दिए । यसबारेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता नेपालबीच समेत छलफल भएको छ ।

    नेपाल पक्षले एमालेको विवादका कारण समस्या हुन सक्ने भन्दै केही दिन पर्खन अनुरोध गरेको कांग्रेसका एक नेताले जानकारी दिए । नेपाल पक्षको अनुरोधका कारण सबै प्रदेश प्रमुखलाई एकैसाथ नहटाई शुरुमा तीन वा चारवटा प्रदेश प्रमुख हटाउने र नयाँ नियुक्त गर्ने तयारी छ ।

    शुरुमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रमुख हटाउने तयारी रहेको ती नेताले जानकारी दिए ।

    अहिले प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाईं, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् । उनीहरू एमालेका नेता हुन् ।

    केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसअघिको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर एमाले नेताहरूलाई प्रमुख नियुक्त गरेको थियो । नयाँ सरकार बनेपछि उनीहरुलाई पनि हटाउने तयारी गरिएको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखलाई हटाउने र नयाँ नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # पत्रपत्रिकाबाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology