Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादी र एमाले पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

माओवादी र एमाले पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • १५:१०:०० बजे
  • 1.3K
    SHARES
  • माओवादी र एमाले पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

    पोखरा । खोटाङमा माओवादी र एमाले पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन्।

    images

    जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका वडा नं।७ को आयोजनामा गरिएको पार्टी प्रवेश कार्यक्रममा नेताहरु पार्टी प्रवेश गरेका हुन।

    नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका हरि प्रसाद चौलागाँई, जसपाका नेता कृष्ण थापा, एमालेका संगठित सदस्य दुर्गा खनाललगायत २ दर्जन बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको हुन्।

    उनिहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली काङ्ग्रेस खोटाङका युवा नेता महासमिति सदस्य एवं कार्यक्रमका विशिष्ट अतिथी रविप्रकाशले राईले, नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली काङ्ग्रेस भित्र कहिलैपनी अन्यायमा पर्न नदिने र उनिहरुको राजनीतिक जिवनको उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

    कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा महासमिती सदस्य सरस्वती बजिमय, महाधिवेशन प्रतिनिधि सहरमान राई, जिल्ला सदस्यहरु प्रकाश श्रेष्ठ, सुमन बाबु आचार्य, दिनेश घिमिरे, निशान राई साथै क्षेत्रीय सभापती तिर्थराज भट्टराई र अन्य नेता कार्यकर्ताको भव्य उपस्थिति रहेको थियो।

  • सम्बन्धित विषय:

  • # काङ्ग्रेसमा प्रवेश
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology