Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

खिमलाल देवकोटालाई मन्त्री बनाउने चर्चा

खिमलाल देवकोटालाई मन्त्री बनाउने चर्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७८ मंगलवार • १५:४६:१३ बजे
  • 658
    SHARES
  • खिमलाल देवकोटालाई मन्त्री बनाउने चर्चा

    राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापा बादललाई हराउने डा. खिमलाल देवकोटालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट मन्त्री बनाउने चर्चा छ । डा. देवकोटाको हैसियत स्वतन्त्र रहेकाले मन्त्री बनाएर माधव नेपाल पक्षलाई मन्त्रिपरिषदमा सहभागी गराएको सन्देश दिने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् ।

    images

    डा. देवकोटालाई सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधव नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुले भोट दिएर राष्ट्रिय सभामा निर्वाचित गराएका थिए । देवकोटालाई स्वतन्त्र हैसियतमा मन्त्री बनाउनेबारे प्रचण्डले माधव नेपालसित परामर्श गरिसकेको स्रोतको भनाइ छ ।

    यस विषयमा प्रधानमन्त्री देउवासमेत सकारात्मक छन् । देवकोटालाई मन्त्री बनाएर लैजाँदा एमाले संस्थापन पक्षले कारवाही गर्न नसक्ने आधार पनि सत्तारुढ गठबन्धनलाई छ । त्यसैले पनि सत्तागठबन्धन टिकाउनका लागि पनि माधव नेपाल पक्षबाट देवकोटालाई मन्त्री बनाउने विषयमा गठबन्धनमा व्यापक चर्चा छ । त्यस्तै, सत्ता गठबन्धनमा माधव नेपाल पक्षका अर्का सांसद बेदुराम भुसालको पनि मन्त्री बन्ने चर्चा छ ।

    उनले आफू स्वतन्त्र सांसद भएको यसअघि नै निवेदन दिएका थिए । तर, उनी एमाले सांसद नै भएकाले कानुनी जटिलता हुने देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology