Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सरकारले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

सरकारले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७८ मंगलवार • १७:३४:०५ बजे
  • 1.6K
    SHARES
  • सरकारले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त

    सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    images

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो ।

    मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्तको प्रक्रियामा गएका छन् ।

    शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । ओली सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा(माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

    यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology