Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • १८:४५:०५ बजे
  • 451
    SHARES
  • प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

    पोखरा । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    images

    शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।

    अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका छन् । थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको स्राेतको भनाइ छ ।

    थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology