Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७८ मंगलवार • १८:५७:३९ बजे
  • 898
    SHARES
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त

    पोखरा । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    images

    बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको छ ।

    को हुन् पौडेल ?

    युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।

    उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा। स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

    अमेरिकाको यूनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधी उपाधि प्राप्त गरेका उनले पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology