Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७८ बुधवार • ०९:५९:१९ बजे
  • 1.1K
    SHARES
  • सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै

    सत्तारुढ गठबन्धनको बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेता सहभागी हुने छन् ।

    images

    बैठकमा मन्त्रिपरिषद बिस्तारसहितका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । सरकार अहिले मात्रै ६ सदस्यीय छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् । जसपाको आधिकारिकता विवाद सकिएका कारण सरकार बिस्तार हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology