Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा रेलले बसलाई ठक्कर दिदा १८ जनाको मृत्यु

भारतमा रेलले बसलाई ठक्कर दिदा १८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७८ बुधवार • १०:२१:५३ बजे
  • 976
    SHARES
  • भारतमा रेलले बसलाई ठक्कर दिदा १८ जनाको मृत्यु

    एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिदा १८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या सडकखण्डमा मंगलबार राति सो दुर्घटना भएको हो ।

    images

    भारतीय सञ्चारमाध्यमका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको हो । प्रहरीका अनुसार हरियाणाको पलवलबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले रातिदेखि सडक किनारमा रोकेर राखेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो ।

    अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology