Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी,मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी,मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७८ बुधवार • १०:४६:२५ बजे
  • 907
    SHARES
  • बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी,मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल

    पोखरा । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठकमा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका कार्यकारीणी अध्यक्ष बाबुराम भट्टराई र चित्रबहादुर प्रवेश गरेका छन् ।

    images

    एमाले वरिष्ठ नेता माधव नेपाललाई बैठकमा बोलाइएको भएपनि उहाँ भने अहिलेसम्म कोटेश्वरमै रहेको जानकारी प्राप्त भएको छ । यसअघिको बैठकमा नेपाल सहभागी हुनुभएको थियो ।

    यदपी बैठकमा एमालेको माधव नेपाल समूहको समेत प्रतिनिधित्व छ । नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी रहेको बालुवाटार स्रोतले बतायो । यद्यपि एमाले सरकारमा जाने नजाने विषय अझै एकीन हुन सकेको छैन ।

    मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने छ । सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology