Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रीलंकामा संसारकै सबैभन्दा ठूलो नीलमणि फेला अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर

श्रीलंकामा संसारकै सबैभन्दा ठूलो नीलमणि फेला अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७८ बुधवार • ११:११:०८ बजे
  • 1.2K
    SHARES
  • श्रीलंकामा  संसारकै सबैभन्दा ठूलो नीलमणि फेला अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर

    एजेन्सी । श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन्।

    images

    बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए।

    विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर (११ अर्ब ८८ करोड रुपैयाँ) रहेको बताएका छन्।

    ‘इनार खनिरहेको मान्छेले मलाई अनौठा ढुंगाहरू भेटिएको भनेर जानकारी गराएका थिए, पछि त यति ठूलो नीलमणि भेटियो,’ गामागे नाम गरेका ती रत्न व्यापारीले भने। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम बताउन चाहेनन्।

    गामागेको परिवार तीन पुस्तादेखि रत्न व्यापार गरिरहेको छ। ठूलो ढुंगो भेटिएपछि उनले यो नीलमणि हो कि होइन भनेर जाँच्न अधिकारीहरूलाई खबर गरेका थिए।  त्यसमा लागेको हिलो र अन्य कुरा हटाएर त्यसलाई शुद्ध नीलमणि प्रमाणित गर्न झन्डै एक वर्ष लागेको थियो।

    रत्नपुरामा अरू प्रकारमा बहुमूल्य रत्न पनि पाइन्छन्। श्रीलंका अन्तर्राष्ट्रिय बजारमा रत्न निर्यात गर्ने प्रमुख मुलुक हो। गत वर्षमात्रै श्रीलंकाले रत्न बेचेर झन्डै आधा अर्ब अमेरिकी डलर कमाएको थियो।

    अहिले भेटिएको नीलमणि ४० करोड वर्ष पहिले बनेको हुनसक्ने विज्ञहरूको भनाइ छ।

    ‘मैले यति ठूलो नीलमणि यसअघि कहिल्यै देखेको थिइनँ। यो लगभग ४० करोड वर्ष पहिला बनेको हुनुपर्छ,’ रत्नविज्ञ डाक्टर गामिनी जोइसाले भने।

  • सम्बन्धित विषय:

  • # एजेन्सी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology