Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकी संसद्‌मा दंगा,आफूलाई भिडद्वारा मारिने डर लागेको प्रहरी अधिकृतको भनाइ

अमेरिकी संसद्‌मा दंगा,आफूलाई भिडद्वारा मारिने डर लागेको प्रहरी अधिकृतको भनाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७८ बुधवार • १३:५०:२७ बजे
  • 952
    SHARES
  • अमेरिकी संसद्‌मा दंगा,आफूलाई भिडद्वारा मारिने डर लागेको प्रहरी अधिकृतको भनाइ

    एजेन्सी। अमेरिकी संसद्‌मा गत ज्यानुअरीमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूद्वारा निम्त्याइएको दङ्गाका बेला क्यापिटल भवनको सुरक्षामा खटिएका एकजना प्रहरी अधिकृतले त्यसबेला “आफू भिडद्वारा मारिन्छु” जस्तो लागेको बताएका छन्। उक्त घटनाबारे छानबिन गरिरहेको संसदीय समितिसमक्ष उनले यस्तो बयान दिएका हुन्। उक्त घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएको कङ्ग्रेसनल कमिटीले वासिङ्टन डिसीमा सुरु गरेको छानबिनका क्रममा एक्विलिनो गोनलले उक्त घटनामा “आफू अब यसरी नै मर्ने रहेछु” जस्तो लागेको बताए।

    images

    अर्का एकजना अश्वेत अधिकृत ह्यारी दुनले आफूलाई रङ्गभेदी तरिकाले दुर्व्यवहार गरिएको बताएका छन्। उक्त घटनामा कम्तीमा ५३५ व्यक्तिहरूलाई पक्राउ गरिएको थियो भने एक जना प्रहरी अधिकृतसहित पाँच जनाको निधन भएको थियो। अभियोजनकर्ताहरूले हालसम्म केहीमाथि मात्र अभियोग पुष्टि गर्न सकेका छन्। उक्त घटनाका कारण रिपब्लिकन राष्ट्रपति ट्रम्पले महाअभियोगको सामना गर्नु परेको थियो।

    सांसदहरूले उनीमाथि उक्त घटनाका लागि उक्साएको आरोप लगाएका थिए। त्यसलाई ट्रम्पले बारम्बार अस्वीकार गरेका थिए। अधिकांश रिपब्लिकनहरूले बहिष्कार गरेपछि उक्त समितिमा लगभग सबै छानबिनहरू डेमोक्र्याटहरूबाट गरिँदैछ। यद्यपि रिपब्लिकनहरू लिज चेनी र एडम किन्जिङरले जाँचलाई साथ दिँदै उक्त समितिमा बसेका छन्। “यदि ती जिम्मेवारहरूलाई जबाफदेही नबनाउने हो भने… हाम्रो संवैधानिक गणतन्त्रमा यो क्यान्सरका रूपमा रहनेछ,” मङ्गलवार चेनीले सुनुवाइको सुरुमा भनेकी थिइन्। मङ्गलवार उक्त समितिसमक्ष चार प्रहरी अधिकृतहरूले उक्त घटनामा ट्रम्प समर्थकहरूले आफूहरूलाई कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको बताएका थिए।

    एक्विलिनो गोनलले त्यस बेलाको अवस्थालाई “मध्य युगको लडाइँको मैदान” भनेका छन्। उनले संसदीय समितिमा भावुक बनेर आँसु चुहाएका थिए र आँसु पुछ्दै बयान दिएका थिए। (बीबीसी)

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # अमेरिकी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology