Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यस्तै हाे भने जनमाेर्चा गठबन्धनमा रहँदैन : प्रधानमन्त्री देउवालाई चित्रबहादुरकाे चेतावनी

यस्तै हाे भने जनमाेर्चा गठबन्धनमा रहँदैन : प्रधानमन्त्री देउवालाई चित्रबहादुरकाे चेतावनी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७८ बुधवार • १५:४६:२४ बजे
  • 562
    SHARES
  • यस्तै हाे भने जनमाेर्चा गठबन्धनमा रहँदैन :  प्रधानमन्त्री देउवालाई चित्रबहादुरकाे चेतावनी

    पोखरा । राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट अलग हुने चेतावनी दिएको छ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवाले मनपरी गर्न थालेको भन्दै बुधबार बिहान बसेको बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मनपरी नरोकिए गठबन्धनमा नरहने चेतावनी दिदै प्रधानमन्त्री देउवालाई गठबन्धनमा नरहने चेतावनी दिएका हुन्।

    खासगरी स्वास्थ्य राज्यमन्त्रीमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेकोमा केसीको असन्तुष्टि थियो। ‘उमेश श्रेष्ठ जस्तो विवादास्पद व्यक्तिलाई तपाईँले किन राज्यमन्त्री नियुक्त गर्नुभयो? यसबारे गठबन्धनमा किन छलफल भएन? यस्तै हो भने जनमोर्चा गठबन्धनमा रहँदैन’, बैठकमा केसीले भनेका थिए। उनले श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयले सरकारको छवि बिग्रेको बताएका थिए।

    यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि गठबन्धनकाे सहमतिभन्दा बाहिर गएर काम नगर्न प्रधानमन्त्री देउवालाई सचेत गराएका छन्। उनले राजनीतिक नियुक्तिहरु पनि छलफल गरेर मात्रै गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराए। ‘अहिले जे जस्ता नियुक्तिहरु भएका छन् तिनले बजारमा राम्राे सन्देश गएकाे छैन’, श्रेष्ठले बैठकमा भनेका थिए, ‘छलफल गरेर निर्णय लिनुस्।’

    जवाफमा प्रधानमन्त्री देउवाले काम गर्न सक्ने देखेर नै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकाे बताएका थिए। उनले महामारीका बेला स्वास्थ्य मन्त्रालय खाली राख्न उचित नहुने भएकाले हतार हतार निर्णय लिएकाे बताउँदै आगामी दिनमा छलफल भन्दा बाहिर नजाने प्रतिवद्धता जनाए।

    बैठकमा जनमाेर्चा अध्यक्ष केसीले काेराेना महामारी राेकथाममा लाग्नुपर्ने बेला एमसीसी कसरी पास गर्ने भन्नेतिर सरकारकाे ध्यान बढी गएकाे पाइएकाे भन्दै असन्तुष्ट पाेखेका थिए। उनले अहिले सरकारकाे प्राथमिकता खाेपमा रहनुपर्ने बताएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology