Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् ! प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह

मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् ! प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७८ बुधवार • १५:५४:०५ बजे
  • 772
    SHARES
  • मलाई अप्ठ्यारो भैसक्यो, मन्त्रीको नाम चाँडो दिनुस् ! प्रचण्ड र उपेन्द्रलाई देउवाको आग्रह

    पोखरा ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदा आलोचना सुरु भएको भन्दै तत्काल आफ्नो पार्टीबाट सरकारमा पठाउने नेताहरुको नाम बुझाउन गठबन्धनभित्रका दलहरूलाई आग्रह गरेका छन् ।

    images

    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा काँग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्र र जसपाले ढिलाइ गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका थिए ।

    ‘मलाई धेरै समस्या हुन लागिसक्यो, तपाईहरुले समयमा मन्त्री बन्नेको नाम दिन सक्नुभएन । यसले बाहिर समेत राम्रो म्यासेज गएन, आलोचना हुन थालिसक्यो’, देउवाको भनाइ उधृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘ जतिसक्दो चाँडो नाम दिनुस् ।

    मन्त्रिमण्डल विस्तारलाई पूर्णता दिएपछि मात्रै काम गर्न सजिलो हुन्छ ।’ बैठकमा देउवाको कुरा सुनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एक–दुई दिनभित्रै नाम दिन्छौं, तपाईलाई अप्ठेरो पर्न दिँदैनौं’ भन्ने जवाफ दिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology