Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षर किर्ते गरी विज्ञप्ती जारी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षर किर्ते गरी विज्ञप्ती जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७८ बुधवार • २१:३९:१७ बजे
  • 3.4K
    SHARES
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हस्ताक्षर किर्ते गरी विज्ञप्ती जारी

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको हस्ताक्षर किर्ते भएकोमा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष प्रचण्डको हस्ताक्षर, पार्टीको छाप, लेटर प्याड किर्ते गरी मन्त्रीमण्डल विस्तार सम्बन्धमा भ्रम फैलाइएको भन्दै केन्द्रले जानकारी गराएको छ ।

    images

    पार्टी सचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘हस्ताक्षर, लेटर प्याड, छाप किर्ते गरी पार्टी, पाँच दलीय गठबन्धन र आमसमुदायमा भ्रम फैलाउन अराजक तत्वहरुले कथित मन्त्रीमण्डल विस्तार गरेको छ ।’

    केन्द्रले उक्त कार्यबाट प्रतिगमनकारी, पश्चगामी र पूरातनवादी तत्व हावी भएको जनाएको छ । उनीहरुले अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्न खोजेको माओवादीको ठहर छ ।

    जारी विज्ञप्तिमा उक्त भ्रमको पछि नलाग्न अनुरोध गर्दै दोषी पत्ता लगाएर कडाभन्दा कडा कारबाही गर्न समेत पर्टीले माग गरेको उल्लेख छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology