Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री पद गुमेपछि एमालेका अध्यक्ष ओली बालकोटमा चुपचाप

प्रधानमन्त्री पद गुमेपछि एमालेका अध्यक्ष ओली बालकोटमा चुपचाप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • १०:११:४० बजे
  • 1.2K
    SHARES
  • प्रधानमन्त्री पद गुमेपछि एमालेका अध्यक्ष ओली बालकोटमा चुपचाप

    ठूलो तिकडम गर्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पद गुमेपछि बालकोटमा चुपचाप बसेका छन् । ओली चुप किन बसेका छन् भनेर धेरैलाई कौतुहलता छ । ओली छिटपुट रुपमा बोले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना गरेका छैनन् । देउवालाई बिच्काउन ओलीले चाहेका छैनन् । विगतमा पनि ओलीको आलोचना देउवाले गरेका थिएनन् । आक्कल-झुक्कल देउवाले विरोध गरे पनि ओलीले कहिल्यै पनि कांग्रेसको विरोध गरेका थिएनन् । अहिलेको परिस्थिति बदलिएको छ । ओलीकै कारण सांसदहरूको सांसद बचेको छ ।

    images

    ओली संसदमा निकै कम आउने गरेका छन् । एमालेका सांसदहरूको पनि पातलो उपस्थिति हुने गरेको छ । विपक्षी बस्ने कुर्सीमा एमालेका सांसदहरू कम उपस्थिति हुने गरेको छ । एमालेका वरिष्ठ नेता माधव नेपाल समूह सरकारलाई समर्थन गरिरहेको छ । ओली समूह सडक आन्दोलनमा जाने तयारीमा छ ।

    प्रधानमन्त्री पद फुत्किएको तनाबमा ओलीले राष्ट्रिय युवा संघलाई निर्देशन दिएका छन् । ओलीकै निर्देशनमा बस्नेतले युथ फोर्स समेत बनाएका छन् । एमालेले सत्ता गुमेको आवेगमा गरिरहेको सैन्य संरचरनाको विरोध भइरहेको छ । ओलीले आफूलाई बाहिर सक्रिय गराएका छैनन् । ओलीले सायद एक महिनापछि सरकारविरुद्ध आफूलाई जबरजस्त रुपमा अगाडि बढाउने संकेत गरेको हुनुपर्छ । ओलीले शक्ति सञ्चय गरिरहेका छन् । आफैले विघटन गरेको संसदको बैठकमा बस्नेहरूलाई सांसद हुँ भन्ने अधिकार पनि नरहेको चर्चा भएका छन् ।

    आफैले विघटन गरेको संसदमा ओलीलाई जान फिटिक्कै मन छैन । ओली नेतृत्वको एमालेका सांसदहरूलाई संसदमा बस्न लाज लाग्दैन भनेर प्रश्न उठ्न थालेका छन् । ओलीले प्रतिनिधि सभाको बैठक अबरुद्ध गर्ने गरेर कार्यक्रमको तयारी गर्न पनि निर्देशन आएको छ । ओलीले सत्ता गुमेको आवेगलाई थाम्ने प्रयासहरू भएका छन् । सार्वजनिक ठाउँ पाउँदा ओलीले अहिले पनि तीन घण्टासम्म बसेर छलफल गर्ने हैसियत राख्छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology