Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पूर्वमाओवादी नेताहरु रायमाझी, भट्ट,साह र चौधरीको मुद्दा न्यायाधीश कार्कीको एकल इजलासमा

पूर्वमाओवादी नेताहरु रायमाझी, भट्ट,साह र चौधरीको मुद्दा न्यायाधीश कार्कीको एकल इजलासमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • १२:५४:१६ बजे
  • 982
    SHARES
  • पूर्वमाओवादी नेताहरु रायमाझी, भट्ट,साह र चौधरीको मुद्दा न्यायाधीश कार्कीको एकल इजलासमा

    पूर्वमाओवादी केन्द्रका नेताहरुले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश दीपक कुमार कार्कीको इजलासमा हुने भएको छ । प्रतिनिधिसभा सदस्यमा पुनःवहालीको माग गर्दै पूर्वमाओवादी केन्द्रका नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    images

    चारजना नेताहरुको रिटमा सुनुवाइका लागि न्यायाधीश कार्कीको एकल इजलासमा पेशी तोकिएको छ । उनीहरुले नेकपा (एमाले)मा प्रवेश नगरेकाले माओवादी केन्द्रमै रहेको दाबी गरेका छन् ।

    सर्वोच्च अदालतले नेकपा खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी ब्युँताइदिएपछि चारजना नेता एमालेमा रहने निर्णय गरेका थिए । पार्टी परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई सांसद् पदबाट बर्खास्त गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology