Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधवकुमार नेपाल समूहले तत्काल सरकारमा सहभागी नहुने

माधवकुमार नेपाल समूहले तत्काल सरकारमा सहभागी नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • १३:०५:०१ बजे
  • 2.3K
    SHARES
  • माधवकुमार नेपाल समूहले तत्काल सरकारमा सहभागी नहुने

    शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई साता बित्दासमेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सत्तारुढ गठबन्धनमै रहेका दलहरुबीच सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा टुंगो नलाग्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो । नेकपा एमालेको माधवकुमार नेपाल समूहले तत्काल सरकारमा सहभागी नहुने बताएको छ ।

    images

    प्रधानमन्त्री देउवा र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नेपाल पक्षलाई सरकारमा सहभागी गराउनैपर्ने अडानमा छन् । दिनदिनैजसो प्रचण्डले भेटेर माधव नेपाललाई सरकारमा सहभागिताका लागि परामर्श गरिरहेका छन् । बिहीबार बिहान पनि अध्यक्ष प्रचण्डले माधवकुमार नेपालसँग भेट गरी सरकारमा सहभागिताबारे छलफल गरेका छन् । बिहान प्रधानमन्त्री देउवासँग करिब एक घण्टा परामर्श गरेर निस्किएका प्रचण्ड कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए ।

    नेपाल निवासमा केहीबेर छलफल गरेका थिए । माधव नेपाल पक्षका सांसदहरुलाई पनि सरकारमा सहभागी गराउन कानुनी र राजनीतिक अप्ठ्यारा छन् । एमालेमा देखिएका समस्या समाधान गर्दै पार्टी एकता कायम राख्न पहल जारी रहेकाले पनि माधव नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने पक्षमा देखिएका छैनन् ।

    सत्ता गठबन्धनलाई सशक्त रुपमै राख्नका लागि देउवा र प्रचण्ड भने माधव नेपाल पक्षलाई सरकारमा सम्मानजसक सहभागी गराएर लैजान तयार छन् । माधव नेपालसँगको भेटपछि प्रचण्ड माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठको निवास हरिसिद्धि पुगेका थिए । नेता श्रेष्ठसँग केहीबेर परामर्श गरेपछि प्रचण्ड खुमलटार पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology