Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु : मन्त्री भुसाल

२० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु : मन्त्री भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • १३:१९:४४ बजे
  • 1.5K
    SHARES
  • २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छु : मन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औल्याएकी छन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा बिहीबार आयोजित सम्मान कार्यक्रममा मन्त्री भुसाललले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा धेरै जनता लाभान्वित हुने बताइन् ।

    images

    अब विद्युत् सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताइन् । उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकांक्षालाई ध्यान दिनु आवश्यक रहेकामा जोड दिइन् ।

    मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढंगले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसाथ गर्नु जरुरी रहेको बताइन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology