Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ट्राफिक पुलिसको घरमा भेटियो सुनको ट्वाइलेट

ट्राफिक पुलिसको घरमा भेटियो सुनको ट्वाइलेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • १४:१४:३३ बजे
  • 2.4K
    SHARES
  • ट्राफिक पुलिसको घरमा भेटियो सुनको ट्वाइलेट

    एजेन्सी/ रुसी अधिकारीहरुले सयौँ हजार डलरको घुसकाण्डको पर्दाफास गरेका छन् । उक्त काण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेका छन् । तर ट्राफिक पुलिसका प्रमुखको घरमा रहेको शौचालयले सबैको ध्यान तान्यो । किनकी ट्राफिक प्रहरी प्रमुखको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको थियो ।

    images

    द मस्को टाइम्सका अनुसार ती पुलिस अधिकारी अलेक्सी सफोनोभलाई हिरासतमा लिइएको छ । दोषी प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजायँ हुने बताइएको छ । छानबिन समितिले सफोनोभको भव्य निवासको भिडियो सार्वजनिक गरेको छ । जहाँ घरभित्रको सुनको ट्वाइलेट देखि घरबाहिर पार्किंग गरिएका लक्जरी कारहरु देखिन्छन् । उनको घरमा रहेका फर्निचर, भित्ते आर्ट फ्रेम तथा सजावटका सामानहरुमा सुनको व्यापक प्रयोग गरी असाधारण बनाइएको छ ।

    भान्साकोठाको दराज तथा अन्य फर्निचरमा पनि सुनको प्रयोग गरिएको छ । गत जुलाई २० मा अपलोड भएको ४९ सेकेण्डको युट्युब भिडियो एक लक्जरी रियल स्टेट विज्ञापन जस्तै देखिन्छ ।

    अहिलेसम्म उक्त भिडियो लाखौँले हेरिसकेका छन् । सफोनोभ उनका अन्य ६ सहकर्मी ट्राफिक पुलिसहरुमाथि अवैध रुपमा ठूला सवारी साधन सञ्चालनका लागि व्यवसायीहरुलाई नक्कली अनुमति प्रदान गर्ने र त्यसबापत वार्षिक १ करोड ९० लाख रुसी रुबल घुस लिने गरेको अभियोग छ । उक्त घोटालामा स्टाभरोपोल ट्राफिक पुलिस विभागका कम्तिमा ३५ सदस्य सामेल छन् । 

  • सम्बन्धित विषय:

  • # सुनको ट्वाइलेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology