Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

४ पूर्वमाओवादी नेताहरुको रिट हेर्न नभ्याइने सूचीमा

४ पूर्वमाओवादी नेताहरुको रिट हेर्न नभ्याइने सूचीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७८ बिहिवार • १७:१९:३७ बजे
  • 403
    SHARES
  • ४ पूर्वमाओवादी नेताहरुको रिट हेर्न नभ्याइने सूचीमा

    सांसद पदमा पुनर्वहाली गरी पाउँ भन्दै दायर गरिएको पूर्वमाओवादी नेताहरुको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ । बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट पेसी सूचीमा चढेपनि लागूऔषधको मुद्दाको सुनुवाइका कारण समय अभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेको हो ।

    images

    बुधबार नेकपा एमालेमा प्रवेश गरेको ४ महिनापछि ‘हामी एमाले होइनौं, माओवादी नै हौं’ हाम्रो सांसद पद पुनर्वहाली गरियोस् भन्दै पूर्वमाओवादीका चार नेताहरुले सर्वोच्चमा रिट दायर गरेका थिए।

    गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology