नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता सकिएको छ । बिहान ९:४५ मा सुरु भएको भेटवार्ता दिउँसो १ बजे सकिएको छ ।आजको भेटवार्तामा नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसमेत सहभागी थिए ।
नेकपामा देखिएको विवाद अन्त्यका विभिन्न विकल्पमा छलफल भए पनि सहमति भने हुन नसकेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।पछिल्लो पटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।