Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सभामुख सापकोटा र गृहमन्त्री खाणबीच विपत् व्यवस्थापनबारे छलफल

सभामुख सापकोटा र गृहमन्त्री खाणबीच विपत् व्यवस्थापनबारे छलफल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १४, २०७८ बिहिवार • १८:२९:०४ बजे
  • 508
    SHARES
  • सभामुख सापकोटा र गृहमन्त्री खाणबीच विपत् व्यवस्थापनबारे छलफल

    पोखरा। बाढीपहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

    images

    सभामुख र गृहमन्त्री बीच आज सिंहदरवार स्थित सभामुख कार्यकक्षमा विपत तयारी बारे छलफल गरेका हुन । सभामुख सापकोटाले छलफलमा सिन्धुपाल्चोकलगायतका बाढी प्रभावित क्षेत्रहरूको बारेमा चासो राखेका थिए ।

    सभामुखको जिज्ञासामा गृहमन्त्रीले विपत् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोकमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरूको पुनस्र्थापनाको काम अघि बढाउने जानकारी दिए । 

    यस वर्ष मनसुनको सुरुवातसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढीपहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    गत वर्ष पनि बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपत् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

    सभामुख र गृहमन्त्रीबीच संसद्को चालू अधिवेशनमा विधेयकहरू अघि बढाउनेलगायतका विषयमा पनि छलफल भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology