Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा कोरोना खोप लगाउनेलाई सय डलर पुरस्कार

अमेरिकामा कोरोना खोप लगाउनेलाई सय डलर पुरस्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७८ शुक्रवार • ११:०७:२९ बजे
  • 2.3K
    SHARES
  • अमेरिकामा कोरोना खोप लगाउनेलाई सय डलर पुरस्कार

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने आफ्ना नागरिकलाई १ सय डलर दिन राज्य सरकारहरुलाई निर्देशन दिएका छन्। बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यस्तो आह्वान गरेका हुन्। अमेरिकामा कोरोना संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी आएपछि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    images

    राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने गरी खोप लगाउने नागरिकलाई सहयोग रकम उपलव्ध गराउन सक्नेछन्। पछिल्लो मसय अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ। बाइडेनले सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो। सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्।

    बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र कोरोनाको खोपको पूरा मात्रा लगाएको बिबिसीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # कोरोना खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology