Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग

नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७८ शुक्रवार • ११:२४:२८ बजे
  • 682
    SHARES
  • नेपालमा १०४ वर्ष पहिल्यै थियो सुरुङमार्ग

    नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो। सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो। यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो।

    images

    यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो। एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ। चौडाइ २.५ मिटर र उचाइ तीन मिटर छ। पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो। अब भने बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुनर्निर्माण थालेको छ।

    मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन्। ‘यो इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने हामीले अपेक्षा लिएका छौं’, मुख्यमन्त्री पौडेलले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # सुरुङमार्ग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology