Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युद्ध

लिपुलेक नजिक चिनियाँ सेना आएपछि भारतलाई झट्का, युद्ध सुरु भएको टिप्पणी

लिपुलेक नजिक चिनियाँ सेना आएपछि भारतलाई झट्का, युद्ध सुरु भएको टिप्पणी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७७ आइतवार • १४:४७:१९ बजे
  • 2.3K
    SHARES
  • लिपुलेक नजिक चिनियाँ सेना आएपछि भारतलाई झट्का,  युद्ध सुरु भएको टिप्पणी

    भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक नजिक चिनियाँ जनमुक्ति सेनाले झण्डै एक हजार सैनिक परिचालन गरेपछि भारतलाई ठूलो झट्का लागेको छ । भारत र चीनबीच लद्दाखको पूर्वी क्षेत्रमा पर्ने वास्तविक नियन्त्रण रेखामा जारी विवाद सल्टिन नपाउँदै चीनले लिपुलेक नजिक सैन्य गतिविधि बढाएको छ ।

    images
     

    भारतीय मिडियाले लिपुलेकमा चीनको सैन्य गतिविधिलाई भारतीय रेलसँग जोडेर प्रचार थालेका छन् । इण्डिया टुडेलगायत भारतका प्रमुख सञ्चारमाध्यमले लिपुलेक नजिकै चीनले ठूलोमात्रामा सैन्य गतिविधि गर्न थालेको समाचार प्रकाशन गरेका छन् ।

    भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरेको छ । अतिक्रमित क्षेत्रबाट भारतले सडक निर्माण गरेपछि नेपाल-भारत सम्बन्धमा संवादहीनता देखिएको छ ।

    यहीँबीचमा चीनले नेपालको लिपुलेक नजिकै आफ्नो क्षेत्रमा सैनिक परिचालन गरेको छ । सैनिक परिचालनको खबरपछि भारतीय मिडियाले प्रमुख प्राथमिकता दिएर समाचार बनाएका छन् ।

    लिपुलेक प्रकरणसँगै नेपालमा रेल ल्याउने चिनियाँ सञ्चारमाध्यमको समाचारले भारतको टाउको दुखेको छ । चीनले ल्हासाबाट काठमाडौंसम्म झण्डै ३६ सय करोड डलरको लागतमा रेल्वेलाइन बिस्तार सुरु गरेको आजतकले जनाएको छ ।

    चीनले विकास युद्ध सुरु गरेको भन्दै आजतकले चीनको रेल काठमाडौं र बुद्धको जन्मस्थल लुम्बिनीसम्म पुग्ने जनाएको छ । भारतले रेल परियोजनालाई आफूविरुद्धको युद्धको रुपमा बुझ्ने गरेको छ ।

    भारतीय मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी चीनले बचाइदिएको भन्दै नेपाल चीनको इसारामा चल्न थालेको टिप्पणी गरेका छन् । सामरिक महत्वको भूमि नेपालमा चीनको उपस्थिति र भारतको सीमा क्षेत्रको ढोकासम्म चिनियाँ रेल आउनु भारतका लागि ठूलो व्यापार युद्ध हुने भारतीय दावी छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology