Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आधिकारिकता विवादमा आयोगको निर्णय बदर गर्न माग गर्दै ठाकुर सर्वोच्च अदालतमा

आधिकारिकता विवादमा आयोगको निर्णय बदर गर्न माग गर्दै ठाकुर सर्वोच्च अदालतमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १५, २०७८ शुक्रवार • १५:१४:१८ बजे
  • 262
    SHARES
  • आधिकारिकता विवादमा आयोगको निर्णय बदर गर्न माग  गर्दै  ठाकुर सर्वोच्च अदालतमा

    पोखरा । आधिकारिकता विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई दिने निर्णय गरेपछी निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् ।

    images

    जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध जसपाको महन्थ सर्वोच्च पुगेका हुन् । ठाकुरले बिहीबार नै निर्वाचन आयोगविरुद्ध रिट दर्ता गराएका छन ।

    यसअघि नै महन्थ ठाकुरले साउन ८ गते हेड काउण्ट रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि निर्वाचन आयोगले जसपाको आधिकारिकता हेड काउण्टका आधारमा उपेन्द्र यादव समूहलाई दिएको थियो ।उक्त रिटको पेसी साउन १७ गते आइतबारलाई तोकिएको छ ।

    त्यसैगरी निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको सम्बन्धमा शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा। कुमार चुडालको संयुक्त इजलासले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ । अब आइतबारको पेसीमा दुवै मुद्दालाई एकै स्थानमा राखि हेरिने छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology