Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले विवाद

एमाले स्थायी कमिटी बैठक बस्दै , यी हुन बैठकका तीन एजेण्डा

एमाले स्थायी कमिटी बैठक बस्दै , यी हुन बैठकका तीन एजेण्डा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १६, २०७८ शनिवार • ०९:४८:२४ बजे
  • 1.1K
    SHARES
  • एमाले स्थायी कमिटी बैठक बस्दै , यी हुन बैठकका तीन एजेण्डा

    पोखरा । नेकपा एमाले स्थायी कमिटी बैठक आज शनिबार दिउँसो ३ बजे बस्दै छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार  तुलसीलाल स्मृति प्रतिष्ठानमा का लागि बैठक बोलाइएको एमाले ले जानकारी दिए । 

    images

    तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको छन् । असार १९ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय भएका उक्त विषयमाथि आज छलफल हुन लागेको हो ।

    केन्द्रीय कमिटी बैठकले विभागको पूर्णता दिने र साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठानिक, उपमहासचिव विष्णु पौडेललाई विधान र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको जिम्मेवारीमा दिइएको छ ।

    यस्तै एमालेले पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालय अन्तिम नामावली साउन ५ गतेसम्म दिने निर्णय गरेको थियो । योबीचमा वरिष्ठ नेता माधव नेपाल पक्षसँग सहमतिको प्रयास हुँदा उक्त काम प्रभावित भएको थियो । आजको बैठकबाट असार १९ गतेको केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लैजाने तामाङको भनाइ छ । 

    यस्तै शुक्रबार पार्टी कार्यालयमा आयोजित खीर खाने कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका थिए । पोखरेलका अनुसार शनिबारको बैठकले नेपाल समूहसँग वारपारको नीति लिने तयारीमा छ । 
    शनिबारको बैठकमा नेपाल पक्षको सहभागिताका लागि ओली पक्षीय नेताहरुले नेपालसँग भेटवार्ता गरेका थिए । तर आजको बैठकमा पनि नेपाल पक्ष सहभागी हुने परिस्थिति बनिसकेको छैन ।

    अध्यक्ष ओलीले एकताको प्रयासमा रहेका आफू पक्षीय नेताहरुलाई शनिबारसम्म वारपार गर्ने निर्देशन दिएका थिए । सोही एमाले नेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेलले नेता नेपालसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology