लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी केन्द्रकी प्रदेश सांसद विमला खत्री वली सम्पर्कविहीन बनेकी छन् ।
उनी तीन दिन देखी पार्टीको सम्पर्कमा समेत नरहेको माओवादी केन्द्रले जनाएको छ । उनी उपनिर्वाचनमा दाङबाट निर्वाचित भएका थिए । नेकपा रहदै निर्वाचित भएकी उनी एमाले र माओवादी आफ्नै पुर्वी धारमा फर्किदा उनले माओवादी केन्द्र रोजेकी थिइन । अहिले उनले नेकपा एमाले पार्टी रोजेको अनुमान गरिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने सोही प्रयोजनका लागि एमालेले सांसद वलीलाई प्रलोभन देखाएर सम्पर्क बाहिर लगेको हुनसक्ने माओवादी केन्द्रको अनुमान रहेको छ ।‘अल्पमतमा परेको लुम्बिनी प्रदेश सरकारले उनलाई एमालेमा लगेको हुनसक्छ । उहाँ दबाब र प्रलोभनमा पर्नुभएको हुन सक्छ हामी उहाँलाई निरन्तर सम्पर्कमा ल्याउने कोशिस गरिरहेका छौँ’ – माओवादी केन्द्रका एक नेताले भने ।
जसपाले ३ प्रदेश सांसदलाई कारवाही गरेपछि लुम्बिनीका मुख्यमन्त्री अल्पमतमा रहेका छन् । सांसद वलीले मुख्यमन्त्रीलाई साथ दिए पनि बहुमत पुग्ने अवस्था भने छैन ।
उता एमालेले भने सांसद ओलीलाई आफ्नो सांसद भएको दावी गर्दै आएको छ । तर उनले गत बैशाखमा माओवादी केन्द्र प्रवेश गरेको घोषणा गरेकी थिइन् ।