Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीले अध्यक्ष छाडे मात्रै पार्टी एकता हुन्छ: झाँक्री

ओलीले अध्यक्ष छाडे मात्रै पार्टी एकता हुन्छ: झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७८ शनिवार • १७:२६:३१ बजे
  • 679
    SHARES
  • ओलीले अध्यक्ष छाडे मात्रै पार्टी एकता हुन्छ: झाँक्री

    नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष छाडे मात्रै एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन् ।

    images

    मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पु¥याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने उनको भनाई छ । ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पु¥याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् । नेतृ झाँक्रीले प्रतिगमनकारीले सामान्य प्रयश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ भनेर प्रश्न गरेकी छन् । ‘चुनावमा मान्छेले भोट हाल्छन् रु राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?’, उनले प्रश्न गरिन् ।

    आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले गर्यो ? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने उनको भनाई छ ।

    एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् । ‘यो प्रतिगमन हो कि जनादेश प्राप्त हो, हामी एउटै पार्टीमा हुने हो भने यसमा एउटै धारणा हुन सक्छ कि सक्दैन’ उनले प्रश्न गरिन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology