Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माधव नेपालका लागि एमालेमा ठाउँ छैन:ओली

माधव नेपालका लागि एमालेमा ठाउँ छैन:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७८ शनिवार • १७:२७:५७ बजे
  • 688
    SHARES
  • माधव नेपालका लागि एमालेमा ठाउँ छैन:ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा ओलीले यस्तो बताएका हुन् । वामपन्थीको सरकार ढालेको र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको ओलीले बताए ।

    images

    उनले भने, ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने ।’ आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने भन्दै ओलीले भने, ‘दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।

    आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गर्दै पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको बताए । ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्‍याए । प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन् ।

    पार्टीको सरकार ढल्दा अग्रहमणको सपनामा धक्का लागेको ओलीको भनाई छ । ‘पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो,’ ओलीको भनाइ छ, ‘सुशासन र अग्रमणको सपनामा धक्का लाग्यो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology