Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

तीन दिनदेखि सम्पर्कविहीन प्रदेश सांसद वली सम्कर्पमा आइन्

तीन दिनदेखि सम्पर्कविहीन प्रदेश सांसद वली सम्कर्पमा आइन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०७८ शनिवार • १९:४४:१० बजे
  • 952
    SHARES
  • तीन दिनदेखि सम्पर्कविहीन प्रदेश सांसद वली सम्कर्पमा आइन्

    नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्री वली पार्टीको सम्पर्कमा आएकी छिन्। तीन दिनदेखि पार्टीसँग सम्पर्कविहीन भएकी उनी परिवारका सदस्यमार्फत सम्पर्कमा आएकी हुन्। उनले आफू उपचारका क्रममा नेपालगञ्जमा रहेको भन्दै परिवारमार्फत नेकपा माओवादी केन्द्रलाई जानकारी पठाएकी हुन्।

    images

    घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको परिवारका सदस्यबाट जानकारी आएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए। ‘परिवारका सदस्यले विमलाजी उपचारमा रहेको र साँझसम्म पार्टीको सम्पर्कमा आउने जानकारी गराउनुभएको छ’ प्रमुख सचेतक घर्तीले भने, ‘दुई तीन दिनदेखि पार्टीको सम्पर्कमा नआउदा थुप्रै आशंका उब्जिएको सत्य हो, साँझसम्म उहाँ आफैले पार्टीसंग सम्पर्क गर्नुहुन्छ होला।’ परिवारका सदस्यहरुले उपचारमा रहेको बताएपनि कस्तो स्वास्थ्य समस्या हो र कुन अस्पतालमा उपचाररत हो भन्नेबारे पार्टीलाई जानकारी नभएको दाङकै माओवादी केन्द्रकी सांसद दामा शर्माले बताइन्।

    तत्कालिन नेकपाबाट दाङ ३ (ख) बाट उप निर्वाचनमा विजयी भएकी ओलीले सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र रोजेकी थिइन्। पार्टीको शनिबार (आज) हुने संसदीय दलको बैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताएका थिए। यसैबीच उनी एमालेमा प्रवेश गरेको आशंका गरिएको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology