माओवादी केन्द्र निकट विद्यार्थी संगठनका अखिल क्रान्तिकारी राप्ती गाउँपालिका कमिटी अध्यक्ष भुवन के.सि. ले आफ्नो जन्मदिनमा राप्ती गाउँपालिका-४ को सामुदायिक बनको खाली भु-भागमा बिरुवा रोपि जन्मोत्सव मनाएका छन । केक काट्ने ठुला होटलहरुमा गएर साथिभाई हरुसित मदिरापान गरी मनाउने प्रचलन नेपालमा बढिरहेको अवस्थामा केसिले केहि उदाहरणिय काम गरेका छन।

जन्मदिनमा हुने केही फजुल खर्च कटाएर राप्ती गाउँपालिका कमिटि ले यो कोभिडको बेला चलाएको कोभिड बिशेष कार्यक्रम२०७८ लाई रु•१५१५ सहयोग पनि गरेका छन ।

यस उदारणिय काम गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ति गाउँपालिका संगठन कमिटीका अध्यक्षले धर्मराज अधिकारीले धन्यवाद सहित जन्मदिनको शुभकामना समेत दिनु भएको छ ।