पोखरा । नेकपा एमालेकोले आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
महासचिव ईश्वर पोखरेलले साउन २४ गतेलाई केन्द्रीय कमिटीको बैठक बोलाएको बताए। यस्तै बैठकले भदौ २७ र २८ गते हुने विधान महाधिवेशन अगाडि सदस्यता नवीकरणको काम सक्ने निर्णय गरेको छ।
यस्तै असोज ३ गते वडा तहको र असोज ९ गते पालिका तहका अधिवेशन गरिसक्ने भएको छ। बैठकमा पार्टी एकताका प्रयासबारे विघटित कार्यदलका सदस्यहरूले जानकारी गराएका थिए।