Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गृहले बनायो दार्चुला महाकाली घटना छानबिन समिति, धामीको कुशको शव बनाएर अन्तिम संस्कार

गृहले बनायो दार्चुला महाकाली घटना छानबिन समिति, धामीको कुशको शव बनाएर अन्तिम संस्कार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १७, २०७८ आइतवार • १९:५१:३६ बजे
  • 583
    SHARES
  • गृहले बनायो दार्चुला महाकाली घटना छानबिन समिति, धामीको कुशको शव बनाएर अन्तिम संस्कार

    पोखरा । दार्चुला घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।

    images

    दार्चुलाका जयसिंह धामी तुइनमार्फत महाकाली नदी तर्नेक्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति बनाएको हो ।

    मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

    गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्रका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी रहेको समिति गठन भएको हो ।

    कुशको शव बनाएर अन्तिम संस्कार

    भारतीय एसएसबीले तुइन तर्दै गर्दा डोरी फुकालिदिएपछि शुक्रबार बिहान महाकाली नदीमा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामीको शव फेला नपारेपछी आफ्नतले मृत्यु भएको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

    शुक्रबार बिहान सदरमुकाम खलंगाका लागि हिँडेका जयसिंह मालघाटमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा खसेर बेपत्ता भएका थिए । खलंगाबाट काठमाडौं जाने उनको योजना थियो । शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले ‘तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको’ बताएका थिए ।

    सडकमार्गको पहुँच नहुँदा स्थानीय बासिन्दा सदरमुकाम आउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । तुइन तरेपछि भारतपट्टिबाट गाडी चढेर उनीहरू खलंगा पारिपट्टि धारचुलासम्म पुग्छन् । तर, पछिल्लो समय एसएसबीले वेलावेलामा तुइन काटेर दुःख दिने गरेको थियो ।

    वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका जयसिंह गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किएका थिए । उनले आठ वर्षजति सेनामा पनि जागिर गरेका थिए । दुबईबाट फर्किएपछि जयसिंहले काठमाडौंको एक बैंकमा सेक्युरिटी गार्डको काम पनि गरेका थिए ।

    भाइ नरेन्द्रका अनुसार विदेश जाँदा लागेको सात–आठ लाख ऋण अझै तिर्न सकेका छैनन् ।

    घरमा जयसिंहको पत्नी, करिब सात वर्षका छोरा र डेढ वर्षकी छोरी छन् । कमाउने मुख्य व्यक्ति नै बेपत्ता भएपछि परिवार बिचल्लीमा परेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology