नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । पार्टीभित्रको विवाद कायमै रहेका बेला नेपालले आफ्नो समूहका नेताहरुसँग छलफल राखेका हुन् । स्थायी कमिटीको बैठक नै नभनिए पनि सदस्यहरूबीच छलफल आयोजना गरिएको एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले बताए ।
‘दुई बजे बानेश्वरमा छलफल राखिएको छ’ विष्टले भने । माधाव नेपालमाथि अध्यक्ष ओलीसँग मिल्नुपर्ने दवाव छ । तर, समान हैसियतविना एकता सम्भव नभएको नेता नेपालको अडान छ ।
यता देउवा नेतृत्वको सरकारमा सहभागी हुन गठबन्धनले दबाब दिदै आएको छ । यसमा पनि नेता नेपालले सरकारमा सहभागी नहुने बताएका छन् । तर उनकै समूहका नेताहरु सरकारमा जानुपर्ने अडानमा राख्दै आएका छन् ।