पोखरा । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय जिम्मेवारीबाट सरकारले डा.जागेश्वर गौतमलाई हटाएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा.गौतमलाई हटाएको मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार गौतमको थापाथलीस्थति प्रश्रुती गृहमा सरुवा गरिएको छ ।
डा.गौतमको स्थानमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक डाक्टर मरासिनीलाई नियुक्त गरिएको हो। डा.गौतम अस्पतालमा नियुक्त भएदेखि विवादमा आएका थिए। अस्पतालमा कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप उनीमाथि लागेको छ ।
डा.गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो । यसअघि उनी स्वास्थ्य मन्त्रालयमा प्रवक्ताको रुपमा थिए ।