Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केही समय अघि माओवादी रोजेकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वली एमालेमा

केही समय अघि माओवादी रोजेकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वली एमालेमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १८, २०७८ सोमवार • १६:४४:१९ बजे
  • 904
    SHARES
  • केही समय अघि माओवादी रोजेकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वली एमालेमा

    पोखरा । नेकपा एमाले र माओवादी आफ्नै धारमा फर्किएर पछी एउटै पार्टी रहदा दाङबाट उपनिर्वाचनमा निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको भन्दै विज्ञप्ति निकालेकी छन् ।

    images

    उनले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रूपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।’

    गत वैशाख १९ गते उनले आफूले माओवादी केन्द्र रोजेको पत्रकार सम्मेलन गरी जानकारी गराएकी थिइन । उनी नेपालगञ्जमा उपचारमा रहेको बताइएको थियो ।

    २०७६ सालको उपनिर्वाचनमा दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (२) बाट वली निर्वाचित भएकी थिइन्

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology